Govinda Phuyel.
गजल
एउटा आस उठ्छ अनी अर्को सेलाउछ।
अमेरिका भन्नु मात्र साचै पेलाउछ।
अमेरिका भन्नु मात्र साचै पेलाउछ।
एउटा सानो जागिर दिन दस ठाउँ कुदाएर।
मान्छेलाई मुसो जस्तो पारी खेलाउछ।
खाको मात्र बिस लाग्छ तर पनि यहाँ।
कुमान्छेको फेला परे के के झेलाउछ।
भुगोलमा भकोजती सबै थुप्रिदा नि।
मानिसको सबै नालिबेली केलाउछ।
भुलिएर पनि यहाँ केही गर्नु हुन्न।
जैल भित्र पनि सधैं चक्की बेलाउछ।
गोविन्द फुयाल, शिकागो
