ourliteraturetoday

गजल

In Uncategorized on March 17, 2010 at 7:02 am

गजल

ब्याथै नयनहरुले आँसु बगाउँदैन
माया नलागी मनमा आँखै रसाउँदैन

खुलेर बोल आज केहीनमानी त्रास
मायालु डर्न सक्छ माया डराउँदैन

देउ तस्विर तिम्रो म साथ राखी राख्छु
एउटा रोजेर अर्को मनले सजाउँदैन

झुटो हुँदो रहेन जो बस्छ माया मनमा
सधैं उज्यालो छर्छ आत्मा जलाउँदैन

म बुझ्न आएँ तिम्रो कुरा गर्दीन कैले
जो गर्छ साँचो माया उस्ले सताउँदैन

Follow

Get every new post delivered to your Inbox.